संयुक्त संशोधन प्रस्ताव दर्ता, फोरम लोकतान्त्रिक बाहिरियो, सीमांकन संघीय आयोगबाट टुंग्याउने


भदौ २० गते लहान, कांग्रेस, एमाले र एकीकृत माओवादीले संविधानको विधेयकमा संयुक्त संशोधन प्रस्ताव दर्ता गराएका छन् । तीन दलले ७ प्रदेश बनाउने यसअघिको निर्णय कायम राख्दै सीमांकनको विषयमा देखिएका विवाद मिलाउने जिम्मेवारी संघीय आयोगलाई दिने गरी संशोधन प्रस्ताव दर्ता गराएका हुन् । शनिबार सिंहदरबारमा बसेको बैठकमा तीन दलबीच संशोधन प्रस्तावबारे सहमति भएपनि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले भने असन्तुष्टि जनाएको छ । फोरम लोकतान्त्रिक संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको छ भने उसले आन्दोलन थाल्ने चेतावनी दिएको छ । तीन दलले धर्म्निरपेक्षताको सन्दर्भमा थप व्याख्या गर्ने, थारु, मुस्लिम र जनजाति आयोग गठन गर्ने र सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गर्नेलगायतका विषय उल्लेख गरी संशोधन प्रस्ताव दर्ता गरेको प्रमुख तीन दलका सचेतकहरुले जनाएका छन् । दलहरुको संशोधन प्रस्तावमा ‘थ्रेसहोल्ड’बारे भने केही उल्लेख छैन ।