सर्लाहीमा तीन वटा गाडीमा आगजनी

सर्लाही, १९ भदौं । सर्लाहीमा सरकारी कार्यालयका ३ वटा सवारी साधनमा अपरिचत समुहले आगजनी गरेका छन् । जिल्ला प्राविधिक कार्यालय, नेपाल परिवार नियोजन संघ र जिल्ला पशु कार्यालयका गाडीमा शुक्रबार मध्यराती आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीमा संलग्न रहेकाकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।