विगतको सम्झौता कार्यन्वयन नगरे सम्बन्ध टुट्ने ठाकुरको चेतावनी, अब लाठीको बलमा स्वायत मधेश ः उपेन्द्र यादव

img1

सिरहा, १९ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक उपेन्द्र यादवले मधेसवादी दलसंग विगतमा भएको सम्झौता कार्यान्वयन विनाको संविधान जारी भए मान्य नहुने बताउनु भयो । स्वायत्त मधेश प्रदेश विनाको संविधान जारी गरे संविधानसभा भवनमै आक्रमण गरिने चेतावनी यादवले दिनुभयो, स्वायत्त मधेस अब लाठीको बलमा भएपनि लिएरै छाडिने छ । मधेसी मोर्चाको आन्दोलनको क्रममा शुक्रवार सिरहाको मिर्चैयामा आयोजित मधेश मुक्ति महाकुम्भ कार्यक्रमको सम्बोधन गर्दै वहाँले यस्तो चेतावनी दिनुभयो । वहाँले मधेशबादी दलसंग विगतमा भएका सम्झौता कार्यन्वयन नगरेसम्म मधेसमा जारी आन्दोलन नरोकिने समेत बताउनु भयो । वहाँले सरकारसंग आफुहरुले बार्ता गर्न गएको बारेमा अनरलगल पर्चा गरेको बताउदै अहिले सरकारसंग वार्ताको कुनै आवश्कता नरहेको स्पष्ट गर्नुभयो ।
 
 
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले मधेशमाथि अत्याचार गरेको बताउदै त्यस्ता कार्य नरोके अहिलेको सरकारसंगको सम्बन्ध सधैको लागि टुट्ने समेत चेतावनी दिनु भयो । वहाँले अहिलेको सरकारले विगतमा भएको सम्झौता कार्यन्वन नगरेर मधेशमाथि राजनीतिक बैमाइनी गरिहरको बताउनु भयो । यस्तै तराई मधेस समाजबादी फोरमका अध्यक्ष महेन्दै राय यादवले मधेशको एक इन्च भाग पनि पहाडमा मिलाउन नदिने चेतावनी दिदै त्यसका लागि जस्तोसुकै दुखद परिणमका लागि मधेसी जनता तयार रहेको बताउनु भयो ।
 
हजारौ जनसमुदायको सहभागिता रहेको उक्त मधेश मुक्ति महाकुम्भबाट हुन सक्ने सम्भावित घटना नहुन दिनका लागि उच्च प्रहरी सर्तकता अपनाइएको थियो । सो क्षेत्रमा करिब एक हजार प्रहरी परिचालन गरिएको थियो ।