मोर्चाको बन्दले सिरहा प्रभावित

img1

लहान, ५ साउन/ साउन ४ गते शान्तिपूर्ण विरोधमा राज्यले हस्तक्षेप गरेको भन्दै मधेसी मोर्चाले आह्वान गरेको बन्दले सिरहाको जनजीवन प्रभावित भएको छ । मोर्चाको बन्दका कारण सिरहामा आज विहानै देखि लामो तथा छोटो दुरीका सवारीसाधनहरु चलेका छैनन् । भने बजार पूर्ण रुपमा बन्द छ ।
बन्दमा अप्रिय घटना हुन नदिन जिल्ला भरि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
नेपालको संविधान २०७२ को मस्यौदा माथिको सुझाव संकलनको पहिलो दिन हिजो मधेसबादी दलको व्यापक विरोध भएको थियो । सुझाव संकलनको लागि सिरहा आएको एमाओवादीका अध्यक्ष प्रचण्डमाथि ढुंङ्गामुढा भएपछि आज सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले बताउनुभयो ।