सामुदायिक मेलमिलाप महिला तथा युवा नेतृत्व तालिम सम्पन्न

img1

लहान, ८ असार/ शनिवार देखि फुलकाहाकट्टी गाविसमा संचालित ४ दिने सामुदायिक मेलमिलाप महिला तथा युवा नेतृत्व तालिम मंगलबार सम्पन्न भएको छ ।
गाउँ विकास समिति फुलकाहाकट्टीको आर्थिक सहयोगमा स्थानीय महिला वकालत मञ्चले अयोजना गरेको तालिममा युवा र महिला गरी ३० जनाको सहभागिता रहेको महिला वकालत मञ्चकी अध्यक्ष विमला देवी सिंहले बताइन् । उनले भनिन– ‘गाविसमा हुने विभिन्न प्रकारका विवादलाई मेलमिलाप मार्फत् सामाधान गराउन महिला र युवाले खेल्नु पर्ने भुमिका बारेमा तालिममा छलफल गरिएको थियो ।’ उनका अनुसार समग्र जन–उत्थान केन्द्र लहानले सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत गठित महिला तथा युवा वकालत मञ्चलाई सशक्तिकरण गर्न गाउ विकास समिति फुलकाहाकट्टीले आर्थिक सहयोग गरेका हुन् ।  
तालिममा महिलालाई सशक्तिकरण गर्न द्वन्द, द्वन्द सामाधानका वैकल्पिक उपाय, संचार सीप, मेलमिलाप, मानवअधिकार लगायतका विषयमा सहजीकराण गरिएको थियो । समग्र जन–उत्थान केन्द्र लहानका सामुदायिक मेलमिलाप कार्यक्रमका संयोजक चन्दन कर्णले महिला र युवाहरुलाई दिइएको तालिमले फौजदारी मुद्दा बाहेकका विवाद मिलाउन समुदायलाई सहयोग हुने बताए । तालिममा सामुदायिक मेलमिलाप कार्यक्रमका संयोजक चन्दन कर्ण, समग्र जन–उत्थान केन्द्र लहानका भैरव प्रसाद गेलालले सहजीकरण गरेका थिए ।