आरोपित अभियुक्त नछोड्दा प्रहरी नायब उपरीक्षकलाई कार्वाही माग

img1

लहान, १ असार/ कुटपिट तथा अंगभंग मुद्दाका आरोपित अभियुक्तलाई प्रहरीबाट छुटाउन नसकेपछि नेपाली काग्रेस एक जना कार्यकर्ताले गैरकानुनी तरिकाले विज्ञप्ती निकाली इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षकमाथि कार्वाही माग गरेको छ ।
अभियुक्तलाई छोडन इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चुर्तुवेदीलाई नेपाली काग्रेस सिरहा क्षेत्र नम्बर २ का अध्यक्ष विसुन साह बनियॉले दिएको दवाव प्रनाउ चर्तुवेदीले अस्विकार गरेपछि बनियॉ आक्रोशित भई कार्वाहीको माग गरेका छन् ।
आफ्नो दवाव अस्विकार गरेको झोकमा प्रनाउ चर्तुवेदीमाथि रिस पोख्न नेपाली कॉग्रेस क्षेत्र नम्बर २ का अध्यक्ष विसुन साहले गैरकानुनी तरिकाले नेपाली कॉग्रेस सिरहाको नाममा विज्ञप्ती निकाल्दै आफ्नै हस्ताक्षर गरेका छन् । नेपाली कॉग्रेस जिल्ला कार्यसमिति सिरहाका अध्यक्ष सितादेवी यादव भएपनि नेपाली कॉग्रेस सिरहाको नाममा क्ष्ँेत्र नं. २ का अध्यक्ष विसुन साहले हस्ताक्षर गरेका छन् । साहले जारी गरेको विज्ञप्तीमा प्रनाउले आफूमाथि हातपात गरेको भन्दै उनको सरुवाको माग गरेका छन् ।
करिब एक हप्ता अगाडि लहान नगरपालिका ७ का चन्द्रसेन साहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय राजेश गुप्ता सहितका व्यक्तिहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका गुप्ता सहितकालाई छोडाउन साह इलाका प्रहरी कार्यालय लहान पुगेका थिए । सोही बेला प्रनाउ चर्तुवेदीले आरोपित अभियुक्तलाई छाडन दिएको दवाब अस्विकार गरेपछि साह र प्रनाउ चर्तुवेदी बीच भनाभन भएको थियो । सोही मुद्दामा प्रनाउ चर्तुवेदीले आफूलाई हातपात गरेको भन्दै विज्ञप्ती मार्फत् कार्वाहीको माग हुन् । तर भनाभन समय प्रनाउ कार्यकक्षमै रहेको नेपाली कॉग्रेस सिरहा क्षेत्र नम्बर १ का सभापति अछमितलाल चौधरीलाई साहमाथि प्रनाउले हातपात गरेको हो भन्ने प्रशनमा उनले भने –‘त्यो अव के भन्नु, विज्ञप्तीमा जे छ त्यसैलाई नै आधार मान्नुस् ।’
नेपाली कॉग्रेस क्षेत्र नम्बर २ का अध्यक्ष विसुन साहले जेठ २७ गते जारी गएको विज्ञप्तीमा नेपाली कॉग्रेस सिरहाले प्रनाउ चर्तुवेदीमाथि कार्वाही माग गरेको लेखिएको भएपनि कॉग्रेस सिरहाकी सभापति सितादेवी यादवले विज्ञप्ती बारे आफूलाई केही जानकारी नभएको बताइन् ।
पीडितले जेठ २४ गते दिएको जाहेरी इलाका प्रहरी कार्यालय लहानले दर्ता गरी कार्वाही अगाडि बढाएका छन् ।
विज्ञप्तीमा बारे इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चर्तुवेदीसंग कुरा राख्दा उनले भने –‘विष्णु गुप्ता नामले चिनिने विसुन साहले अभियुक्त छाडिदिन दिएको दवाब आफूले नमानेपछि कार्यालयमा होहल्ला गर्न थाल्नुभयो । मैले हल्ला नगर्नुस् भन्दा रिसाउदै उहॉ कार्यालयबाट निश्किनुभयो ।’