संविधानसभा बहिष्कार गरे मधेसवादी दल र केही साना दल

img1

काठमाडौं, ९ जेठ/ संविधान सभामा रहेको ठूला तीन दल वीच भएको ११ बुँदे सम्झौताको विरोध गर्दै चार मधेसवादी सहित पाँच सान दलले संविधानसभा बैठक बहिस्कार गरेका छन् । पाँच दलको तर्फबाट उपेन्द्र यादवले बोलेपछि ती दलका सभासद बैठक छाडेर बाहिरिएका थिए ।

बहिस्कार गर्नेमा मधेसी जनअधिकार फोरम, सदभावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तमलोपा नेपाल, तपसपा र संघीय समाजवादी पार्टी छन् ।

यसअघि मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलको १६ बुँदे सम्झौता अनुसार बन्ने संविधान मधेसले स्वीकार नगर्ने बताउनुभयो ।

संवाद समितिको प्रतिवेदनमाथि टिप्पणी गर्दै यादवले १६ बुँदेलाई तीन दलको मात्र दस्तावेज भन्नुभयो । उहाँले बिजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई बिचरा भन्दै चार दल नभइ तीन दलको मात्र सम्झौता भन्नुभयो ।

यादवले नेपालमा अधिकांश षडन्त्रकारी निर्णयहरु राति हुने गरेको भन्दै पछिल्लो १६ बुँदे सम्झौता राति गरेर मधेसी र जनजाति विरुद्ध षडयन्त्रको खेल खेलेको आरोप लगााउनुभयो ।

पाँच मधेस केन्द्रित र जनजाति पार्टीको प्रतिनिधित्व गर्दै रोष्टममा पुगेका यादवले छलकपट र प्रपन्चबाट बन्ने संविधानले सबैलाई समेट्न नसक्ने दावी गर्नुभयो ।