अपहरण मुद्दामा पूर्वमन्त्रीलाई तीन वर्ष जेल

काठमाडौं, २० जेठ/ अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई जिल्ला अदालत काठमाडौंले साढे तीन वर्ष मात्र जेल सजाय सुनाएको छ ।

१७ वर्ष जेल सजाय माग गरिएको सरकारवादी मुद्धामा मंगलबार न्यायाधीश कुलप्रसाद शर्माको बेन्चले यस्तो फैसला गरेको हो । गुप्ताका सहयोगी आकाश लामा र जितबहादुर लामालाई पनि साढे दुई वर्ष मात्र जेल सजाय तोकिएको छ ।

उनका अरु सहयोगी अमिर आचार्य, किशोर पाण्डे र आरजु सुब्बा भनिने विष्णु लक्ष्मणलाई आरोपबाट उनमुक्ति दिइएको छ । उक्त फैसला अनुसार गुप्ता दुई महिनापछि जेलमुक्त हुनेछन् । व्यवसायी पवन संघाईको अपहरण र बन्धक मुद्धामा गुप्तालाई साढे तीन वर्ष मात्र जेल सजाय तोक्ने काठमाडौं जिल्ला अदालतको फैसलाप्रति महान्यायाधिवक्ताको कार्यालयले आश्चर्य प्रकट गरेको छ ।