हावाहुरीमा परि सिरहामा एक बालिकाको मृत्यु

img1

लहान, १४ जेठ/  बुधबार राती आएकोे हावाहुरीले सिरहामा घरभत्किएर किचिदा एक जना महिलाको ज्यान गएको छ । हुरीले घर भत्किदा च्यापिएर गम्भिर घाइते भएकी धनगढी–७ चैनपुरकी सुनिता महतोको ज्यान गएको हो । घाइते महतोको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि लहान स्थित रामकुमार मुरारका सारडा उमा प्रसाद मुरारका अस्पताल लहानमा राखिएको छ ।
यस्तै, नुहाउने पोखरीमा डुवेर वेहोस भएका एक बालिकाको उपचारको क्रममा ज्यान गएको छ । सिरहाको कल्याण्ँपुर–७ का मो. जहुर मिया“को ९ वर्Èीया छोरी सवना खातुनको पोखरीमा डुबेर ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाको अनुसार बालिकाको स्थानीय डोमा पोखरीमा नुहाउने क्रममा डुवेर वेहोस भएपछि मिर्चैयाको एक क्लिनिकमा उपचारको क्रममा ज्यान गएको हो ।