अज्ञात व्यक्तिको गोली प्रहारबाट सिरहामा एक जना घाइते

img1

मिर्चैया(सिरहा),१४ जेठ/ अज्ञात व्यक्तिहरुको एक समुहले सिरहाको गा.वि.स. डुमरी ३ स्थित कमला नदीको बाटो ठेक्का लिएको ठेकेदारमाथी बुधवार साझ गोली प्रहार भएको छ ।

गोली प्रहारवाट काठमाण्डौ घर भएका ठेकेदार संजय पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिनुभएको छ । गोली छडके प्रहार भएकाले पौडेल वाच्न सफल भएको र घाइेते पौडेलको धरान स्थिति विपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा भइरहेको छ । पौडेललाई कसले र किन गोली प्रहार गरेको भन्ने खोजतलास भइरहेको मिर्चैया प्रहरीले जनाएको छ ।