शुक्रबार गएको भूकम्पको पराकम्पनले सप्तरीमा एक जनाको मृत्यु

img1

सप्तरी, १ जेठ/ भूकम्पको पराकम्पनका कारण सप्तरीमा एक जनाको ज्यान गएको छ । शुक्रबार बिहान ७ बजेतिर आएको पराकम्पनले घरको पर्खाल भत्केपछि च्यापिएर उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जिल्लाको सिस्वाबेल्ही गाविस १ निवासी भोला भण्डारी छन् । ४० बर्षीय भण्डारीको आफ्नै घरको पर्खाल भत्किँदा ज्यान गएको स्थानीयहरुले बताएका छन् । उनको घरको पर्खाल यसअघि बैशाख १२ गते नै चर्किएको थियो भने २९ गतेको भूकम्पले जिर्ण भइसकेको थियो ।

शुक्रबार बिहान सुतेर उठेका भण्डारी पर्खालै नियाँलिरहेको समयमा आएको भूकम्पको सानो पराकम्पनले भत्किएको र उनको त्यसैमा च्यापिएर ज्यान गएको परिवारजनले जनाएको छ ।