लागुऔषध सहित सिरहाबाट दुईजना पक्राउ

img1

लहान, ३१ बैशाख/  सशस्त्र प्रहरीले लागुऔषध सहित दुईजनालाई सिरहाबाट आज पक्रेको छ । लागु पदार्थ सेवन गरिरहेको अवस्थामा लहान–८ का अशोक पासवान र गोलबजारका सुमन पासमानलाई लागुऔÈध फोर्टविन ३० थान सहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुले प्रयोग गरेको ना. १३ प १३९२ नम्वरको मोटरसाइकल समेत नियन्त्रण्ँमा लिएको जनाएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेका दुवैजनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय गोलबजारलाई बुझाएको गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो ।