महिला तथा युवा वकालत मंच गठन

img1

लहान, १९ बैशाख/ सिरहाको मझौरा गाविसमा आज महिला र युवा वकालत मञ्च गठन भएको छ । शान्ति निर्माणका लागि युवा महिला तथा युवाको भुमिका सक्रिय बनाउने उदेश्यले शनिवार त्यो ठाउँमा आयोजित एक कार्याक्रममा सहभागी भएका महिला र युवाको सक्रियतामा सो वकालत मञ्च गठन भएको हो ।
समग्र जन उत्थान केन्द्र लहानको समन्वयमा गाविस कार्यालय मझौराको आयोजनामा भएको शान्ति निर्माणका लागि महिला र युवा वकालत मञ्च गठन कार्यक्रममा सहभागीहरुले मञ्चको आवश्यकता रहेको भन्दै अठार सदस्यीय महिला र युवा अलग अलग मञ्च गठन भएको छ ।
गविस सचिव जगदिश यादबको उपथितिमा गठन भएको महिला वकालत मञ्चको संयोजकमा सजनी साफी  र युवा वकालत मञ्चको संयोजकमा महेश कुमार महतो चयन भएको छ । समग्र जन उत्थान केन्द्रको प्रतिनिधि बैधनाथ यादबले महिला तथा युवाको भुमिका बारे सहजिकारण गर्नुभयो । गठित मञ्चको गाविसमा आवश्यकता रहेकोले गाविस सचिव जगदिश यादबले सकेजति सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।