भूकम्पले खेलकुद पत्रकारको ज्यान लियो

img1

लहान, १९ बैशाख/ १२ गते शनिबार गएको महाभुकम्पमा परी ज्यान गुमाएका पत्रकार सुमन भोमजनगत शनिबार गएको महाभुकम्पमा परी ज्यान गुमाएका पत्रकार सुमन भोमजनको शव अन्तिम संस्कारका लागि उनको गृहजिल्ला मकवानपुरस्थित पदमपोखरीमा आइपुगेको छ ।

काठमाडौको महाबौद्धको एक गल्लीमा डेरा गरी बस्दै आएका ३० वर्षीय भोमजनको शव आज शनिबार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूको निरन्तरको प्रयासपछि फेला पारिएको थियो । भूकम्प आएदेखी नै सम्पर्कबिहिन भएका उनी पसलबाट फर्कने क्रममा भूकम्प पुरिएको बताइएको छ ।

भोमजनले २०६४ मा मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । २०६६ देखि उनी राजधानीमा केन्द्रित रहेर पत्रकारिता गर्न लागेका थिए । नेपाल एफएममा काम गरेका भोमजन २०६८ देखि गोरखापत्रमा थिए ।

उनी नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष पनि थिए ।को शव अन्तिम संस्कारका लागि उनको गृहजिल्ला मकवानपुरस्थित पदमपोखरीमा आइपुगेको छ ।

काठमाडौको महाबौद्धको एक गल्लीमा डेरा गरी बस्दै आएका ३० वर्षीय भोमजनको शव आज शनिबार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूको निरन्तरको प्रयासपछि फेला पारिएको थियो । भूकम्प आएदेखी नै सम्पर्कबिहिन भएका उनी पसलबाट फर्कने क्रममा भूकम्प पुरिएको बताइएको छ ।

भोमजनले २०६४ मा मकवानपुरबाट प्रकाशित नारायणी दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । २०६६ देखि उनी राजधानीमा केन्द्रित रहेर पत्रकारिता गर्न लागेका थिए । नेपाल एफएममा काम गरेका भोमजन २०६८ देखि गोरखापत्रमा थिए । उनी नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष पनि थिए ।