रियल हिरो , जो भग्नावशेषबाट जिउँदै मान्छे झिक्छन्

img1

१७ बैशाख, । विनाशकारी भूकम्पले गोंंगबु बसपार्क क्षेत्रमा भत्काएको गेष्ट हाउसको भग्नावशेषमा पुरिएका कलिलो उमेरका पेम्बा लामाको ६ दिनपछि जिउँदै खुला आकासमा निस्किए । काठमाडौंका विभिन्न स्थानमा भग्नावशेषबाट जिउँदो मान्छेलाई निकाल्ने ‘रियल हिरो’ हुन्- सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेत । बिहीबार बिहान सशस्त्र प्रहरीको कुकुरले हिल्टन गेष्टहाउसमा मानिस रहेको पत्ता लगाएपछि बस्नेत नेतृत्वको रेस्क्यु टीम तत्काल पुग्यो । ९ तले भवन ढलेको थियो । त्यसको दुईतला क्र्याक भएको थियो । र, त्यहीँभित्र ६ दिनदेखि फसेका थिए पेम्बा लामा ।

पाँचघण्टा भित्रै हराएर उद्दार सशस्त्रको टोलीले भत्किएको घरको भग्नावशेष हटायो र रडहरु काट्यो । यहाँ घरका बीमहरु थिए । त्योसँगै रहेको मोटरसाइकललाई समेत काटेपछि लक्ष्मण बस्नेत भित्र पसे ।
पेम्बालाई उद्दार गर्न सुरुङमा पस्ने क्रममा उनले आफ्नो सुरक्षाका लागि हेलमेट लगाएर जान सकेनन् । उनले आफ्नो सुरक्षाको वास्ता गरेनन् र हेलमेट फुकालेर पसे । उनलाई बाहिरबाट टीमका सदस्यहरुले धकेले ।

उद्दारका क्रममा पाँचघण्टासम्म भग्नावशेष भित्रै बिताएका लक्ष्मणले अनलाइनखबरसँग भने-ठाडो हुने सम्भावना थिएन, कुहिनाले समेत घस्रन नभएर हातले घकेलेर गएँ । भित्र म आफैंलाई पनि सास फेर्न समेत गाह्रो थियो ।’

जब उनी भित्र पुगे, त्यहाँ छ दिनदेखि अलपत्र परेका पेम्बा तर्सिए । तर, उनले आफू सशस्त्र प्रहरी भएको र उद्दारका लागि आएको भन्दै ढाडस दिए । उनले भने-‘टर्च लेखाएर म आएँ भन्दा डराए । उसको अनुहार टीठलाग्दो थियो, मैले पानी खुवाएँ ।’

त्यसपछि उनी फर्किएर आए र उकरण लिएर गए । भग्नावशेष जस्ताको पातामाथि थुपि्रएको थियो र भूई तलाको एउटा कुरामा साना टाँड परेको ठाउँमा पेम्बा भेटिएका थिए ।

जुनसुकैबेला खस्न सक्थ्यो तर, लक्ष्मणले हार मानेनन् । र, पाँच घण्टा लगाएर पेम्बाको उद्दार गरे । जब उनले पेम्बालाई बाहिर लिएर आए । सिनियरहरुले धाप मारेर स्यावास भाइभन्दा गर्वले उनको छाती फुल्यो ।

तर, उनी यसको श्रेय आफ्नो टीमलाई दिन्छन् । उनले भने-‘यो ग्रुप इफोर्ट हो, म एक्लैले गरेको होइन । देश र देशबासीको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ काम गरेका छौं ।’

उनले अघि भने-‘जब मानिसलाई बाहिर लिएर आउँछु, त्यसबेला अघि मैले लिएको रिक्ससँग कम्पेयर गर्छु, जति मैले रिक्स लिएको हुन्छ, त्यति नै इन्जोइ गरिरहेको हुन्छ ।’