धनगढिमाई नगरपालिकाको तेस्रो नगरसभा सम्पन्न, नगरको बजेट ६२ करोड भन्दा बढि

img1

रामभरोसी महतो
लहान, २८ पुष ।
सिरहाको धनगढिमाई नगरपालिकाको तेस्रो नगरसभा शनिवार सम्पन्न भएको छ । धनगढिमाई नगरपालिका धनगढिबजारस्थित प्राकृतिक अस्पतालको सभा हलमा पुस २७ गतेदेखि सुरु भएको तेस्रो नगरसभा पुस २८ गते नौ वटा निर्णाय गर्दै सम्पन्न भएको हो । 
तेस्रो नगरसभा सम्पन्न भएपछि शनिवार नै नगरपालिकाले पत्रकार सम्मेलन गरी नगरसभाले गरेको निर्णयहरु सर्वाजनिक गरेका छन् । 
धनगढिमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले नगरसभाले गरेको निर्णयहरुको बारेमा जानकारी प्रस्तुत गरेका थिए । 
तेस्रो नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७५ संशोधन गरेको छ भने आर्थिक वर्ष २०७५÷०७६का लागि दोस्रो नगरसभाले विनियोजन गरेको ५९ करोड ९९ लाख ७२ हजार बजेटको आकार बढाउँदै ६२ करोड ९ लाख ५१ ह्जार ५ सय ३४ रुपैया कायम गरेको छ । 
यस्तै नगरसभाले धनगढीमाई गरपालिकाको स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७५ स्वीकृत गर्नुको साथै धनगढीमाई नगरपालिका वडा नम्वर ९ नैनपुरस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी अस्पतालको रुपमा सेवा संचालन गर्ने निर्णय गरेको छ । 
यस्तै धनगढीमाई नगरपालिका वडा नम्वर १४ अन्तरगत रहेको जग्गाको श्रेस्ता उदयपुर जिल्लाबाट सिरहा जिल्लमा सार्नका लागि सम्बन्धि निकायमा अनुरोध गर्ने निर्णय गरेको छ । 
नगरसभाले खेलकुदको विकासका लागि सबै वडमा खेल मैदान बनाउनुको साथै वडा नम्वर ९ मा कवर्ड हल तथा स्टेडियम निर्माणका लागि नेपाल सरकार सम्बन्धित निकायमा अनुरोध गर्ने, धनगढीमाई नगरपालिका अन्तरगतका बञ्चितिकरणमा रहेका लक्षित वर्गहरुको क्षमता विकासका गरी व्यवहार परिवर्तन गर्न गराउनका लागि सचेतनामुलक कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने लगायतका नौ वटा निर्णय पारित गरेका छन् । 
पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षको हालसम्म विनियोजित वजेटको २२.०६ प्रतिशत खर्चको अुनपात रहेको जानकारी गराउँदै स्वीकृत नीति योजना तथा कार्यक्रमहरुको प्रगति सन्तोष जनक रहेको बताइएको छ । यस अवधीमा वडा नम्वर १३ मा खानेपानीको योजना सम्पन्न भएको तथा विभिन्न वडाहरुमा विधुतीकरण तथा सडक पीच गर्ने कार्यहरु द्रुत गतिमा भैरहेको जनाएको छ । 
सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई व्यवस्थित र विश्वनीय बनाउनका लागि हालसम्म ५ वटा वडामा बैंक मार्फत भत्ता वितरणको कार्य प्रारम्भ गरिसकेको र चालु आव भित्रै सबै वडामा सामाजिक सुरक्षा भत्ता बैंकिंग प्रणालीबाट प्रदान गर्ने योजना रहेको जनाएको छ । 
नागरिकलाई नगरपालिकाको सेवा सुविधामा सहज पहुँच बढाउन हेल्प डेस्क, मोवाइल एपस, अनलाइन आबेदन प्रणाली जस्ता विधिहरु लवलम्वन गर्दै लगिने योजना रहेको जनाएको छ ।