सिरहाको ब्रहमपुरीमा गायत्री महायज्ञ शुरु

img1

लहान, २७ पुष । 
सिरहाको अर्नमा गाउपालिका वडा नम्वर २ ब्रहमपुरीमा शुक्रवारदेखि गायत्री महायज्ञ तथा श्रीमद पावन प्रज्ञा पुराण कथा एवं योग शिविर शुरु भएको छ ।
गायत्री महायज्ञको शुक्रवार पहिलोदिन विशाल कलश शोभा यात्रा गरिएको छ । शुक्रवार विहान एक हजार पाँच सय जना भन्दा बढिको स्थानीयको सहभागितामा निकालिएको कलश शोभा यात्रा अर्नमा गाउँपालिकाको विभिन्न गाउ परिक्रमा गरी कशल पुजन गरिएको छ । 
शान्तिकुञ्ज हरिद्धारको तत्वाधानमा राष्ट्रको नैतिक, बौद्धिक, सास्कृतिक एवं अध्यात्मिक पुनरुत्थान हेतु अध्यात्मिक वैज्ञानिक प्रयोग ११ कुण्डीय गायत्री महायज्ञ श्रीमद् पावन प्रज्ञा पुराण कथा एवं योग शिविर अर्नमा गाउपालिका वडा नम्वर २ ब्रहमपुरीमा पुष २७ गतेदेखि माघ १ गतेसम्म हुने गायत्री यज्ञ आयोजक समिति ब्रहमपुरीका अध्यक्ष समेत रहेका अर्नमा गाउपालिका अध्यक्ष ठकु महतोले जानकारी दिनुभयो । 
यज्ञमा दैनिक हवन, संगितमय प्रवचन, योग हुनुको साथै पुस्तक मेला लगायत नशामुक्ति सम्बन्धि सृजनात्मक कार्यक्रमहरु हुने गायत्री परिवार पूर्वाञ्चल जोन संयोजक चन्देश्वर कामतीले जानकारी दिनुभयो ।