सदाय परिवारलाई न्यानो कपडा वितरण

img1

लहान, २७ पुष ।
सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ३ का सदाय परिवारलाई शुक्रवार कमल तथा न्यानो कपडा प्रदान गरिएको छ । 
वढदै गएको चिसोबाट बच्नका मुक्ति नेपाल गोलबजार र गोलबजार नगरपालिका वडा नम्वर ३ को वडा कार्यालयको समन्वयमा सप्तरीको राजविराजस्थितका सप्तरी सामुदायिक विकास केन्द्रले नेपाल स्वीस विकास नियोगको सहयोगमा ९१ परिवारलाई जाडोको न्यानो कपडा प्रदान गरेका हुन । 
मुक्ति नेपालको कार्यक्रम संयोजक श्यामकुमारी साह र गोलबजार नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष लामाको समन्वयमा सो केन्द्र स्वीस विकास नियोगका प्रतिनिधिहरु उक्त सदाय वस्तीमा गई ९१ जना सदाय परिवारमा प्रत्यक्ष रुपमा घरघर गई १ सय ४५ वटा बल्यांकेट र ४८ जना बच्चालाई न्यानो कपडा वितरण गरिएको केन्द्रका परियोजना संयोजक रामप्रमेश मण्डलले जानकारी दिनुभयो ।