उत्प्रेरणा अभिमुखिकरण

लहान, १८ पुष ।
सामुदायिक शान्ति निर्माणका लागि परिचालित शान्ति दुतहरुका लागि सिरहाको गोलबजारमा बुधवार उत्प्रेरणा सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । 
मुक्ति नेपालद्धारा आयोजित शान्ति दुतका लागि सो उत्प्रेरणा सम्बन्धि अभिमुखिकरणमा १२ जना शान्ति दुतहरुको सहभागिता रहेको मुक्ति नेपालका कार्यक्रम संयोजक श्यामकुमारी साहले जानकारी दिनुभयो ।
शान्ति दुतहरुलाई समुदायमा शान्ति निर्माणका लागि आत्म जागरण सहित उत्प्रेरित गर्ने उदेश्यले सञ्चालन गरिएको सो उत्प्रेरण सम्बन्धि गोष्ठीमा समग्र जन उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक एवम् सञ्चारकर्मी रामभरोसी महतोले सहजीकरण गर्नुभएको कार्यक्रम संयोजक साहले जानकारी दिनुभयो ।
संयोजक साहका अनुसार समुदायमा विभिन्न किसिमको विकृति विसंगतिका कारण वर्तमान सममा सामुदायिक अशान्तिका समस्या रहेकोले समुदायिक शान्ति निर्माणका लागि आत्म जागृत शान्ति दुतको क्षमता विकास आवश्यक भएकोले उत्प्रेरणा अभिमुखिकरण प्रभावकारी भएको छ ।