संविधान संसोधनको मुद्धा एथावतः उपप्रधानमन्त्री यादव

लहान, १८ पुष ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधनको एजेन्डा यथावत् रहेको बताउनु भएको छ । वहाँले ‘जबर्जस्ती संविधान जारी’ गर्ने पक्षले पनि संविधान संशोधन गर्नै पर्ने महसुस गरेको दाबी गर्नुभयो । 
बृहत् स्वास्थ्य शिविरको तयारीका लागि आज सप्तरीको राजविराज पुग्नुभएका यादवले  मुलुक मौलिक हक कार्यान्वयनका दिशामा अघि बढेको बताउनु भयो । 
मन्त्री यादवले संविधानप्रदत्त मौलिक हक कार्यान्वयनका लागि महत्वपूर्ण १६ ओटा ऐन बनाएर अघि बढेको बताउनुभयो ।