अब जनकपुरबाटै श्रम स्वीकृति

लहान, पुष १५ गते ।
श्रम स्वीकृतिका लागि काठमाण्डौ जानु पर्ने बाध्यता प्रदेश २ का नागरिकका लागि अब अन्त्य भएको छ । प्रदेश २ को अस्थायी मुकाम जनकपुरधामबाटै वैदेशिक रोजगारीमा जानेहरूले आइतवारदेखि श्रम स्वीकृति सेवा पाउन थालेका छन्। 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग मातहतको श्रम तथा रोजगार कार्यालयको आइतबार स्थापना भई सेवा प्रदान गरेपछि यहाँबाटै श्रम स्वीकृति पाउन थालेको हो। 
जनकपुरधामस्थित श्रम कार्यालयले प्रदेश २ को ८ वटै जिल्लाका लागि आइतबारदेखि विधिवत रूपमा श्रम स्वीकृति दिने कामको सुरुवात गरेको छ। जनकपुरको क्याम्पस चोक र मुरलीचोकको बीचमा पश्चिमतर्फ रहेको श्रम तथा रोजगार कार्यालयबाट आइतबार बिहान १० बजेबाट श्रम स्वीकृति दिने काम प्रारम्भ भएको विभागका महानिर्देशक उदय प्रसाद गुप्ता बताए। 
प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण गर्ने, संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यतालिमका निर्माण गरिएको निमित महानिर्देशक गुप्ताले जानकारी दिए। 
आइतबारबाट श्रम स्वीकृतिको काम सुरु हुने भए पछि आफैं जनकपुर स्थित श्रम कार्यालयमा आएका छन्। महानिर्देशक गुप्ताले आजैको मितिबाट प्रदेश २ को जनकपुरधाम र प्रदेश ५ को बुटबालबाट श्रमको पुनः स्वीकृति प्रदान गर्ने काम शुरु भएको जनाए।