आयोनको सातौ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

img1

रामभरोसी महतो
हेटौडा, पुस १५ गते
युवा संस्थाहरुको राष्ट्रिय सञ्जाल नेपाल युवा संस्था सञ्जाल (आयोन) को शनिवार अवेर राति हेटौडामा सम्पन्न १३ औ साधारण सभा तथा सातौ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । 
१३ औ साधारणसभाबाट संशोधित नयाँ विधान अनुसार २१ सदस्यीय कार्यसमितिको लागि भएको निर्वाचनमा जगदिश कुमार ऐर अध्यक्ष पदमा निर्वाचित भएका छन् । जगदिश सहित सत्येन्द्र यादव र विजय खडका अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रेका थिए । 
अधिवेशनले सातवटै प्रदेशका लागि सात जना उपाध्यक्ष समेत चयन गरेका छन् । देवका ढुंगेल (प्रदेश १), सिताराम यादव (प्रदेश २), अशोक खनाल (प्रदेश ३), नारायण खडका (प्रदेश ४), थानेश्वर अधिकारी (प्रदेश ५), दिपेन्द्र राज जोशी (प्रदेश ७) निर्विरोध निर्वाचित भए भएका छन् भने प्रदेश ६ उपाध्यक्षमा चरित्रा कुमारी के.सीलाई पराजित गर्दै मुना शाही निर्वाचित भएका छन् । 
यस्तै वरिष्ठ उपाध्यक्षमा तुलसीराम चौलागाई, महासचिवमा निरज बाग निर्विरोध निर्वाचत भएका छन भने सचिवमा सन्तोष कुशावाहा निर्वाचित भएका छन् । सचिवका लागि दिपक रत्न तुलाधार र सन्जय कुशावाहा चुनावी मैदानमा थिए । यस्तै कोषाध्यक्षमा प्रणवराज रेग्मीलाई पराजित गर्दै जीत बहादुर खडका निर्वाचित भएका छन् । 
यस्तै सदस्यहरुमा विकल राई, अनिषा अचार्य, चन्दन साह, पुष्पा कुमारी यादव, खिमानन्द देवकोटा, सीता कुमारी रणपाल, महिला सदस्यहरुमा ज्योती कुमारी फयल, विपना शर्मा र सोविता गौतम निर्विरोध निर्वाचत भएका छन् । 
निर्वाचित नयाँ कार्यसमितिको सफल कार्याकालको लागि निर्वतमान अध्यक्ष हिमाल महत, अध्यक्षको प्रत्यासी सत्येन्द्र यादव र विजय खडकाले बधाइ तथा शुभकामना दिदै सहकार्य र समन्वय गरेर आयोनको गरिमा बढाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।