समग्रको अध्यक्षमा पुनः भैरवप्रसाद गेलाल

img1

लहान, २२ मंसिर
मानवअधिकारको क्षेत्रमा क्रियाशिल समग्र जनउत्थान केन्द्र लहानको अध्यक्षमा पुनः भैरवप्रसाद गेलाल चयन हुनुभएको छ । 
सिरहाको लहानमा शनिवार सम्पन्न समग्र जनउत्थान केन्द्र लहानको पन्ध्रौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले संस्थापक अध्यक्ष भैरवप्रसाद गेलालकै अध्यक्षतामा नौ सदस्य नयाँ नेतृत्व चयन गरेका छन् । 
अधिवेशनले केन्द्रको उपाध्यक्षमा अनिता कुमारी चौधरी, सचिवमा मदनकुमार मंडल र कोषाध्यक्षमा सुनिलकुमार साहलाई चयन गरेको छ । 
यस्तै सदस्यहरुमा देवराज पोखरेल, सुरेन्द्र कुमार श्रेष्ठ, रामभरोसी महतो, चुन्नु चौधरी र विनिता बराइली चयन हुनु भएको छ । 
सबैका लागि समान मानवअधिकार र आत्म सम्मान ः हाम्रो साझा अभियान मुल नाराका साथ सञ्चालनमा रहेको केन्द्रले मानवअधिकार शान्ति र विकासका लागि सञ्चार अभियानका लागि सामुदायिक रेडियो समग्र एफ.एम. १०७ मेगाहर्ज सञ्चालन गर्दै आएका छन् ।