लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि अभियान सञ्चालन हुने

img1

लहान, ११ भदौं 
सिरहामा बढदै गएको लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि जिल्ला व्यापी अभियान सञ्चालन हुने भएको छ । 
जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्लास्थित क्रियाशिल संघसंस्था तथा स्थानीय तहहरुको सहकार्य र समन्वयमा लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि तीन महिने जिल्ला व्यापी अभियान सञ्चालन गर्न लगेको हो । 
जिल्ला प्रहरी कार्यालय सिरहाले सोमवार जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा आयोजना गरेको लैङ्गिक हिंसा, जवरजस्ती करणी, साइवर अपराध, मानव बेचविखन, मानव अपहरण, लागु औषध प्रयोग तथा ओसार पोसार लगायत अपराधहरु तथा सवारी दुर्घटना न्युनिकरणका लागि जिल्ला स्तरी सरोकारवला निकायहरुबीच अन्तक्रिया तथा सम्वाद कार्यक्रममा सो अभियान सञ्चालन गर्न निर्णय भएको हो । 
अभियानको क्रममा जिल्लामा बढदै गएको लैङ्गिक हिंसा र अपराध नियन्त्रणका लागि विभिन्न किसिमको सचेतनामुलक कार्यक्रम गर्ने सहमति भएको एसपी जीवनकुमार श्रेष्ठले बताउनु भयो ।
जिल्ला व्यापी रुपमा गरिने सो अभियानको क्रममा लैङ्गिक हिंसा, जवरजस्ती करणी, साइवर अपराध, मानव बेचविखन, मानव अपहरण, लागु औषध प्रयोग तथा ओसार पोसार लगायत अपराधहरु तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि विभिन्न किसिमको सचेतना मुलक कार्यक्रमहरु गरिने छलफल भएको छ । सो सचेतना मुलक कार्यक्रम तयारीका लागी एक समिति पनि बैठकबाट गठन भएको बताइएको छ । 
यसअघि जिल्ला प्रहरी कार्यालयले जिल्ला स्थित विभिन्न संघसंस्थाहरुको सहकार्य र समन्वयमा जवरजस्ती करणी अपराध अनुसन्धान सम्बन्धि तीन महिने अभियान सञ्चालन गरेको थियो ।