चोरिएको सात महिने शिशुको शव खेतमा भेटियो

लहान, ११ भदौ ।
महोत्तरीको औरहीबाट चोरेर बेपत्ता बनाएको सात महिने शिशुको शव खेतमा फालेको अवस्थामा भेटिएको छ । आइतबार साँझ आफ्नै पसलमा खेलिरहेकी औरही नगरपालिका १ बस्ने सन्तोष चौधरीको सात महिने छोरी सोनालीलाई एक अपरिचित व्यक्तिले चोरेर भागेका थिए ।
मृतक बच्चीका आफन्त रामअशिष चौधरीले दिएको जानकारी अनुसार औरही गाउँभन्दा पूर्व खेतमा बच्चीको शव फेला परेको हो ।
बच्ची मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गौशालाका सई प्रदिप भगतले जानकारी दिनुभयो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।