लक्ष्मीपुर पतारीमा एक महिला बलात्कृत, आरोपित फरार

लहान, ९ भदौ । 
सिरहाको लक्ष्मीपुर पतारी गाउपालिकामा एक महिला बलात्कारको शिकार भएकी छन् । भदौ ७ गते राती १२ बजेतीर भएको सो घटनाका पीडित परिवारजनले इलाका प्रहरी कार्यालय पतरीमा उजुरी दर्ता गराएपछि घटना बाहिर आएको हो ।  
मध्य राती सुतिरहेको अवस्थामा स्थानीय ३५ वर्षिय सुरेश यादवले पीडित महिलालाई मुखमा कपडा कोचेर जबर्जस्ती करणी गरी मरनासन हुने गरी कुटपिट समेत गरेको पीडितका परिवारजनले बताएका छन् । 
पीडितपक्षले न्यायको लागि ईलाका प्रहरीमा उजुरी दिंदा पहिलो पटक उजुरी फिर्ता गरेको थियो । प्रहरीले उजुरी फिर्ता गरेपछि प्रहरीलाई चौतर्फी दवाव परेपछि भदौ ८ गते मात्र उजुरी दर्ता गरिएको छ । 
बलात्कारको आरोपितलाई पतारी प्रहरीले पक्राउ नगर्दा स्थानीयवासी आक्रोशित भएका छन् ।