यसरी भयो वेपत्ता कारीदेवीको हत्या

लहान, ९ भदौं । 
१६ दिनदेखि सिरहाको गोलबजार नगरपालिका १० चोहर्वास्थित आफनै भरबाट बेपत्ता पारिएको ५५ वर्षीया कारीदेवी यादवको शव स्थानीयले पत्ता लगाएका छन् ।  बेपत्ता पारिएको कारिदेवीको शव उनको घरदेखि दक्षिण पर्ने नरहा गाउँपालिका १ गौरहा गाउस्थित बाँसघारीमा गाडिएको अवस्थामा स्थानीयले भेटिएको प्रहरीले जनाएको छ ।
वेपत्ता बनाइएको कारीदेवीको खोजीका लागि सक्रिय रहेको स्थानीय गाउलेहरुले  हत्यारालाइ कारवाहीको माग गर्दै शनिवार दिउँसो पूर्वपश्चि लोकमार्ग अन्तरगत चोहर्वा सडक खण्ड १ घण्टा अवरुद्ध गरेका छन् ।
करीदेवी र उनका जेठाजु रामदेव यादवबीच अंशसम्बन्धी मुद्दा थियो । जिल्ला अदालत सिरहाले गत जेठ २४ मा कारीदेवीको पक्षमा फैसला ग¥यो। यसपछि रामदेव पुनः उच्च अदालत राजविराज इजलाशमा मुद्दा दर्ता गरे।  पुख्र्यौली सम्पत्तिको रुपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये उनले १० कठ्ठा आठ धुर जग्गा पाएकी थिइन्। तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दावीसहित उनले २०७४ भदौ ५ मा सिरहा जिल्ला अदालतमा अंश मुद्दा हालेकी थिइन्। उक्त मुद्दा फैसला हुनु अगावै भतिजो लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक पटक धम्क्याएको अंश मुद्दामा कारीदेवीकी वारेश रहेका नाति पुनित यादवले बताए। त्यसको दुई महिना लगत्तै साउन २५ देखि कारीदेवी बेपत्ता भएकी थिइन्। कारीदेवी हराएको साँझ लक्ष्मण, उनका मामाका छोरा राधेश्याम, नाम नखुलेका अन्य दुई गरी चार जना मिलेर चोहर्वा बियर पार्टी गरेपछि लक्ष्मण ससुराली जान्छु भन्दै हिँडेको र अन्य तीन जना मिलेर कारीदेवीलाई घरबाट लिएर आएपछि बाटोमा हत्या गरेर गाडेको हुन सक्ने गाउँलेहरुको भनाइ छ।  प्रहरीले रामदेव र लक्ष्मण गत मंगलबार नै नियन्त्रणमा लिएको छ । शव भेटिएको जग्गा पक्राउ परेका लक्ष्मणको मामाको रहेको जनाएको छ ।