लहानको एक लजमा महिला बलात्कृत

लहान, ९ भदौं ।
सिरहाको लहानस्थित माँ तारा लजमा एक महिला बलात्कृत भएकी छन् ।  नशालु पदार्थ खुवाएर महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । 
लहान नगरपालिका–३ अस्पताल चोकस्थित माँ तारा लजमा सो घटना भएको हो । पीडित महिलाको स्वास्थ्य गम्भीर रहेको जनाइएको छ । बलात्कारपछि महिलालाई लजमै छाडेर घटनामा संलग्न दोषी भागेका थिए । ग्राहकले महिलालाई नांगो अवस्थामा देखेपछि लहान प्रहरीमा खबर गरिएको थियो । त्यसलगत्तै घटनास्थल पुगेर उनको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ ।
लहान अस्पतालमा उपचार सम्भव नभएपछि पीडित महिलालाई धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले जानकारी दिनुभयो ।  
सप्तरीको तेरहौता घर भएकी करिब ३५ वर्षकी ती महिला विवाहित रहेको जनाइएको छ । मदिरासहित अन्य नशालु पदार्थ खुवाएर उनलाई बलात्कार गरिएको अनुमान चिकित्सकले गरेका छन् । 
पीडित महिला अझै होसमा आउन नसकेका कारण दोषीका विषयमा केही खुल्न नसकेको डीएसपी थापाले बताउनु भयो ।