छोराले गरे बुवाको हत्या

लहान, ९ भदौं ।
सिरहाको लहान नगरपालिका– १८ मा आफनै छोराद्धारा बुवाको हत्या भएको छ । लहान नगरपालिका वडा नम्वर १८ बस्ने २५ वर्षीय संजय सदाले आफ्नो बुबा ४५ वर्षीय उमेश सदायलाई कुटपिट गेरी हत्या गरेका हुन् ।
शुक्रबार लहानको हाटबजारबाट रक्सी खाएर घर पुगेका संजय सदाले आफ्नो ४५ वर्षीय बुवा उमेश सदायलाई कुटपिट गेरी घाइते बनाएको थियो । घाइते सदायलाई उपचारका लागि लहान ल्याए पनि उपचार सम्भव नहुदाँ विराटनगर रेफर गरिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताउनु भयो । वहाँको  अनुसार हत्या आरोपित संजयलाइ प्रहरीले पक्राउ गरेको छ ।