लहानमा सरकारी गाडिको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

लहान, १४ बैशाख ।
पूर्वपश्चिम लोकमार्ग अन्तरगत लहान नगरपालिका ११ पडरियास्थित सरकारी गाडिको ठक्करबाट आज एक साइकल यात्रीको मृत्यु भएको छ । 
मृत्यु हुनेमा लहान नगरपालिका वडा नम्वर १ सिंग्राही बस्ने वर्ष ५५ का बिन्दीलाल चौधरी रहेको इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिनुभयो । 
वहाँका अनुसार आज विहान साँढे ११ बजे लहान नगरपालिका वडा नम्वर ११ स्थित पडरिया चौकदेखि करिब पाँचसय मिटर पश्चिममा सिचाई व्यवस्थापन निर्देशनालय चितवनको बा १ झ ५२६१ टोयाटो प्राडो गाडिको ठक्करबाट घाइते चौधरीको उपचारका लागि लहान अस्पताल तर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । 
ठक्कर दिने सवारी, सवारी चालक चितवन नगरपालिका १२ बस्ने ५२ वर्षिय धनबहादुर गुरुंग इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक ढकालले बताउनु भयो ।