लहान नगरपालिकामा कांग्रेसलाई हराउँदै एमाले विजयी, १६ स्थानीय तहको नतिजा आउँदा माओवादी पहिलो, एमाले दोस्रो

img1

लहान, ७ असोज ।
मधेश आन्दोलनको उदगम स्थल मुलककै सबै भन्दा ठुलो नगरपालिका लहान नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजय भएको छ । नेकपा एमालेको तर्फबाट लहान नगरपालिकाको मेयरका उम्मेदवार मुनि साह ११ हजार ३ सय ७ मतसहित विजय भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका अछमितलाल चौधरी ९ हजार १ सय ३१ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा एमालेकै सरियारकुमारी चौधरी ११ हजार १ सय ६८ मतसहित निर्वाचित भइन् । निकटतम प्रतिस्पर्धी कांग्रेसकी पुनम चौधरीले ९ हजार ९ सय ६ मत प्राप्त गरिन । यस्तै सिरहाको गोलबजार नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र विजय भएका छन् । माओवादी केन्द्रका देवनाथ साह ६४४३ मतसहित प्रमुखमा र रेशमकुमारी थापा (यशु) ६३४९ मतसहित उपप्रमुखमा निर्वाचित भएकी छन् । यस्तै सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा संघीय समाजवादी फोरमका रामबल्लभ साह ४००४ र उपाध्यक्षमा फोरमकै आशादेवी यादव ३६४६ मतसहित विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी कांग्रेसबाट अध्यक्षमा चतुरानन्द ठाकुरले ३२४५ र उपाध्यक्षमा अमरकला यादव ३३७१ मत प्राप्त गरेकी छन् । यस्तै सिरहाको बरियारपट्टि गाउँपालिकामा संघीय समाजवादी फोरमका सन्तोषकुमार महतो ३९७९ मतसहित विजयीभएका छन् । उपाध्यक्षमा फोरम नेपालकै रेखाकुमारी यादव ३७६३ मतसहित विजयी भइन् । अध्यक्षमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका बालेश्वर यादवले २८८१ र उपाध्यक्षमा कांग्रेसकी कुमारी यादवले २८५५ मत ल्याए । यसअघि नै सिरहाको १२ स्थानीय तहको नतिजा आइसेका छन् ।
यसरी सिरहाको १६ स्थानीय तहको नतिजा आउँदासम्म माओवादी केन्द्र पहिलो, एमाले दोस्रो स्थानमा रहेका छन् । हालसम्म सिरहामा सात नगरपालिका र नौ गाउँपालिकाको नतिजा घोषणा भएको छ । अब सिरहा नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहदा घोषित मतगणनाको परिणाम अनुसार नेकपा माओवादी केन्द्रले कर्जन्हा, मिर्चैया, धनगढीमाई, गोलबजार नगरपालिका तथा अर्नमा र औरही गाउँपालिकामा जितेको छ । माओवादी केन्द्रबाट कर्जन्हामा प्रमुख गंगा पासवान र उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ, मिर्चैया नगरपालिकामा प्रमुख श्रवणकुमार यादव, उपप्रमुख जीवछी देवी, धनगढीमाई नगरपालिकामा प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तामाङ् र गोलबजार नगरपालिकामा प्रमुख देवनाथ साह, उपप्रमुख रेशमकुमारी थापा (यशु) विजयी भएका छन्। त्यस्तै, अर्नमा गाउँपालिकामा माओवादी केन्द्रका ठकु महतो कोइरी अध्यक्ष र उपाध्यक्षमा शिवसति मुखिया विजयी भएकी छन् । उपप्रमुख मुखियाले निकटतम् प्रतिस्पर्धी एमालेकी रामकुमारी महतोलाई एक मतले उछिनेर दुई हजार दुई सय ९९ मतसहित विजयी बनेकी हुन् । सिरहाको दक्षिणी सीमावर्ती औरही गाउँपालिकामा माओवादी केन्द्रबाट सिद्धार्थ यादव ६ मतको अन्तरले कांग्रेसका सुभाषकुमार यादवलाई पछि पार्दै अध्यक्ष निर्वाचित भएका हुन् । उनले दुई हजार छ सय ५८ र कांग्रेसका सुभाषले दुई हजार छ सय ५२ मत प्राप्त गरेका छन् । औरहीमा उपाध्यक्षमा भने फोरम नेपालकी सीताकुमारीले बाजी मारेकी छन् । उनले माओवादी केन्द्रको देवझरीदेवी यादवलाई एक सय ६३ मतले पछि पार्दै दुई हजार ६३२ मतसहित जित हात पारेकी हुन् । त्यस्तै, नेकपा एमालेले सिरहाको लहान, सुखिपुर नगरपालिका र नरहा र सखुवा नन्कारकट्टी गाउँपालिका जितेको छ । एमालेबाट लहान नगरपालिका प्रमुखमा मुनी साह सडी, उपप्रमुखमा सरियार चौधरी र सुखीपुर नगरपालिकामा प्रमुख रामऔतार यादव र उपप्रमुखमा रेणुदेवी साह, नरहा गाउँपालिकामा अध्यक्ष रामशरण यादव, उपाध्यक्ष गुलावदेवी चौधरी र सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, उपाध्यक्ष अमलादेवी यादव विजय भएका छन् । कांग्रेसबाट सिरहाको कल्याणपुर नगरपालिकामा प्रमुख सूर्यनाथ मण्डल, उपप्रमुख रोहिणीकुमारी यादव, भगवानपुर गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादव र उपाध्यक्ष शोभाकुमारी यादव निर्वाचित भएकी छन् । त्यसैगरी, संघीय समाजवादी फोरम नेपालबाट सिरहाको विष्णुपुर गाउँपालिका अध्यक्ष जागेश्वर यादव, उपाध्यक्ष अरहुलादेवी सिंह, भगवानपुर गाउँपालिका अध्यक्ष बेचचनप्रसाद यादव र उापध्यक्ष सीतादेवी यादव र लक्ष्मीपुर पतारी गाउँपालिकामा रामबल्लभ साह र उपाध्यक्षमा आशादेवी यादव र बरियारपटी गाउँपालिका अध्यक्षमा सन्तोषकुमार महतो उपाध्यक्षमा रेखाकुमारी यादव विजय भएकी छन् ।