सिरहाको बाखरमा गंगोत्री कृषि सहकारी

लहान, २७ जेष्ठ ।
सहकारीहरुको भिडमा सिरहाको धनगढिमाई नगरपालिका वडा नम्वर १ मा एउटा अर्को कृषि सहकारी सञ्चालनमा आएको छ ।
स्थानीय कृषकहरुलाई व्यवसायिक खेती तर्फ उत्प्रेरित गर्न क्षमता अभिवृद्धि तथा कृषि सम्बन्धी सामग्रीको स्थानीय स्तरमा उपलब्ध गराउन पहल गर्ने उदेश्यले गंगोत्री कृषि सहकारी संस्था सञ्चालनमा आएको सहकारीका अध्यक्ष रामअशिष महतोले जानकारी दिनुभयो ।
धनगढिमाई नगरपालिका वडा नम्वर १ बाखरस्थित शनिवार सो सहकारीको प्रारम्भिक भेलाको आयोजना गरी सहकारीको सात सदस्यीय नेतृत्व समेत चयन गरेको छ । सहकारीको तदर्थ समितिका अध्यक्ष रामअशिष महतोको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संस्था संघ सिरहाका अध्यक्ष संजय कुमार सिंहको प्रमुख आतिथ्यतामा भएको प्रारम्भिक भेलाले सहकारीको अध्यक्षमा रामअशिष महतो, उपाध्यक्ष मन्दिरा कर्ण, सचिव लक्ष्मिी नारायण यादव र कोषाध्यक्षमा रामकुमार महरालाई चयन गरेको छ । यस्तै सदस्यहरुमा शिवराम यादव, ललित महतो, रामकुमारी महतो छन् ।