चैनपुरमा बालश्रम तथा बालविवाह विरुद्ध अभिमुखिकरण

लहान, २७ जेष्ठ ।
सिरहाको धनगढिमाई नगरपालिका चैनपुरमा शनिवार बालश्रम तथा बालविवाह विरुद्ध जनचेतना अभिमुखिकरण कार्यक्रम समपन्न भएको छ ।
बाल विवाह तथा बालश्रमको घटनाको न्युनिकरण गर्न स्थानीयलाई क्षमता अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरेको सो अभिमुखिकरण कार्यक्रममा स्थानीय विद्यार्थी, युवा, महिला तथा पुरुष अभिभावक गरी ५० जनाको सहभागिता रहेको थियो ।
धनगढिमाई नगरपालिकाको कार्यालयको सहयोग तथा मदरसा अनवारुल ओलुम चैनपुरद्धारा आयोजित सो अभिमुखिकरण कार्यक्रममा समग्र जन उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक रामभरोसी महतोले सहजीकरण गरेको आयोजक संस्था मदरसाका प्रतिनिधि सकिल अक्तरले जानकारी दिनुभयो ।