लामो कसरत पछि सप्तरीको सुरुङ्गा नगरपालिकाको उमेदबार चयन

रोहित कुमार मण्डल
लहान, १५ जेठ  ।
सप्तरीको सुरुङ्गा नगरपालिका ७ हरिपुरमा  लामो कसरत पछि नेपाली काँग्रेसले उमेदबारहरुको टुङ्गो लगाएरका छन् भने मेयर तथा उपमेरयरमा अझै विवाद कायमै देखिन्छ ।
सुरुङ्गा नगरपालिका ७ हरिपुरको वडा अध्यक्षमा शिव नारायण चौधरी, महिला सदस्यहरुमा शान्ति देवी मण्डल, कुमारी देवी पासवान, र पुरुष सदस्यहरुमा सिम्रित लाल चौधरी र गंगाई साह सर्वसमितिले चयन भएको नेपाली काँगे्रसका दिनेश यादवले जानकारी दिनुभयो ।
चुनाव नजिकिएसंगै नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार तीब्र बनाउन थालेका दलहरुले अहिले गाउँ तथा वडास्तरीय सम्र्पक कार्यालय सञ्चालन तथा उम्मेदवारको घरदैलो कार्यक्रममा व्यस्त देखिन थालेका छन् ।
सप्तरी सुरुङ्गा नगरपालिका ७ हरिपुरबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका युवा नेता शिव नारायण चौधरी लगायत अन्य सबै दलका उम्मेदवारले घरदैलो गरी प्रचार थालेका हुन् ।