दोस्रो चरणको चुनाब असार ९ गते गर्ने सरकारको निर्णय

काठमाण्डौं, १५ जेष्ठ ।
आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचन आगामी असार ९ गतेका लागि सरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।
आइतवार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो । लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गर्नुभएको हो । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुने देखिएको छ ।