सिरहामा करेन्ट लागेर २ बालकको मृत्यु

लहान, ८ जेष्ठ ।
सिरहाको छुटाछुटै स्थानमा सोमबार करेन्ट लागेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका २४ गोविन्दपुरका हरेराम महतोका ४ बर्षीय छोरा कुमार महतो छन् । आँगनमा रहेको हातेकलमा जडान गरिएको पानी तान्ने विद्युतीय मोटरमा छोएपछि सोमवार दिउँसो २ बजेतिर घाइते भएका बालक कुमारको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, सिरहाको कल्याणपुर नगरपलिका ६ मा सोमबार करेन्ट लागेर अर्का ५ वर्षीय बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी नायब निरीक्षक बैजुकुमार योगीका अनुसार स्थानीय विनोद महराका छोरा दिपक महराको मृत्यु भएको हो । उनी विद्युतीय पङ्खा जोडेको नाङ्गो तारबाट करेन्ट लागेर घाइते भएका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका बालक दिपकलाई उपचारका लागि सिरहा लैजादैं गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।