बाल संजालको नयाँ नेतृत्व चयन गर्दै जिल्ला बाल भेला सम्पन्न

img1

चोहर्वा, ७ जेष्ठ
सिरहाको चोहर्वामा जेष्ठ ५ र ६ गते भएको जिल्ला स्तरीय बाल भेलाले जिल्ला बाल क्लब संजाल सिरहाको नयाँ नेतृत्व चयन गरेको छ । सम्पन्न बाल भेलाले प्रतिभा कुमारी यादवलाई संजालको अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति चयन गरेको हो ।
चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा राजकिशोर महरा, सचिवमा जगत कुमार महरा, सह सचिवमा झरणा लामा र कोषाध्यक्षमा सबिता कुमारी यादवलाई चयन गरेको छ । यस्तै समितिको सदस्यहरुमा अनिल कुमार पासमान, पारस चौधरी, पूजा कुमारी ठाकुर, अमन ठाकुर, लक्ष्मी यादव, अनु दास, प्रियन्सु यादव, अमिसा कुमारी यादव, सविता कुमारी शर्मा, लभली रोशनी लता सिंह, सन्तोष कुमार यादव, प्रेरणा गोले, सबिता कुमारी मण्डल, सतिश कुमार यादव, गौरब सेवा, सुरज कुमार यादव, कृष्ण कुमार सिंह, कञ्चन कुमारी महतो, शिवशंकर महतो, शिव कुमार सहनी, कल्पणा कुमारी महतो, अमन अधिकारी,  रहेको महिला तथा बालबालिका कार्यालय सिरहाकी प्रमुख महिला अधिकृत अनिता तामाङ्गले जानकारी दिनुभयो ।
जिल्ला बाल कल्याण समिति सिरहा, महिला तथा बालबालिका कार्यालय सिरहा र जिल्ला समन्वय समिति सिरहाको संयुक्त आयोजनामा भएको सो भेलामा जिल्ला भरीका बाल क्लवका ३ सय भन्दा बढि बाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
जिल्लाको विभिन्न सरोकारवालहरुको समेत सहभागिता रहेको सो भेलामा जिल्लाको विभिन्न ठाउँबाट सहभागी बालबालिकाहरुले गीत, कविता, नृत्य, स्पीच लगायतका विभिन्न किसिमको प्रतिभाहरु प्रस्तुत गरेका थिए ।
बाल भेलाको अन्तिम दिन जिल्लामा बालबालिकाको समस्या र निकासको उपाय  सम्बन्धमा एक सार्वजनिक सुनुवाई कार्यक्रम समेत गरिएको थियो । सो कार्यक्रममा सहभागी बालबालिकाहरुले सरोकारवलालाई बालअधिकार प्रत्याभूति सम्बन्धी प्रश्न सोध्दै  अगामी दिनमा बालबालिका लागि सरोरबालाले गरेको प्रतिबद्धता लागु गर्न आग्रह गरे ।  
भेलामा दलित जन कल्याण युवा क्लब लहानका नाट्य समुहले बाल विवाह, महिला हिंसा, दहेजप्रथालाई न्यूनीकरण गर्ने संदेशमुलक नाटक प्रस्तुत गरेका थिए ।