सिरहामा छुवाछुतको आरोपमा कुटपिट गर्ने आरोपित पक्राउ

लहान, ३० बैशाख
छुवाछुतको आरोपमा कुटपिट गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ९ कि ४२ वर्षीया लिलामाया तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यमनाथ अधिकारी बताउनु भयो ।  पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाले तामाङ्गलाई बैशाख २८ गते पक्राउ गरेको हो ।
बैशाख २४ गते बिहान सोही ठाउकी २३ वर्षीया शोभा बिक सार्वजनीक कलमा पानी भर्नजादा आरोपितले परै बस पानी छुइन्छ भन्दा, म मान्छे होइन र किन त्यसो भनेको दिदि भन्दा बढी मुख मुखै लाग्छस भनी कुटपिट गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा बैशाख २७ गते उजुरी हालेकी थिइन । आरोपितले मलाई कुटपिट गर्न थाले पछि स्थानीयहरुले झगडा मिलाइ दिएर गाउमै छलफलबाट मिल्न भने पनि पहिला पनि यस्तो घटना दोहाराएकोले कार्वाहीको लागि उजुरी हालेको पीडितले बताइन ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर यमनाथ अधिकारीका अनुसार जातिय भेदभावको घटना भने पनि झै झगडा भएको देखिएकोले अनुसंधानको लागि आरोपितलाई पक्राउ गरिएको बताउनु भयो ।