लहानस्थित यातायात कार्यालयमा भएको बम विष्फोटको जिम्मा गोइतले लियो

लहान, २९ बैशाख ।
सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा विहिवार अपरान्ह भएको कुकर बम विष्फोटको जिम्मा तराईमा भूमिगत सशस्त्र समुह अखिल तराई मुक्ति मोर्चाले लिएको छ ।
बम विष्फोटले कार्यालय भवन भित्र रहेका विभिन्न फाटका वालमा चिरा पर्नुका साथै झ्यालका शिशाहरु फुटेको छ । कार्यलयको दोस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कक्ष नजिक रहेको शोचालायमा सो बम विष्फोट भएको थियो ।  
विष्फोटका कारण स्थानीयवासीहरु त्रसित भएका छन् ।
ईलाका प्रहरी कार्यलय लहानका डिएसपी हिरा बहादुर पाण्डेका अनुसार स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा निर्वाचन बिथोल्ने धम्की स्वरुप तराईमा सशस्त्र गतिविधि गरिरहेका जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले बम विष्फोटन गराएको जिम्मा लिएको बताउनु भयो ।