जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

img1

लहान, २६ बैशाख ।
गरिब सीमान्तकृत समुदाय खास गरी महिलाको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले सिरहामा सञ्चालित पहँुच परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सिरहाको लहानमा मंलगलबार सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा गरिब सीमान्तकृत समुदायको सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्नका लागि सबै सरोकारवालबीच प्रभावकारी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।
युकेएडको आर्थिक सहयोग र सर्च फर कमन ग्राउण्ड नेपालको साझेदारी तथा  जिल्लास्थित मानवअधिकार तथा सामुदायिक विकास केन्द्र नेपाल, दलित जन कल्याण युवा क्लव, सेलर्ड र मिडिया पाटर्नर रेडियो समग्रको सहकार्यमा सञ्चालन भै रहेको पहुँच परियोजना अन्तरगत हालसम्म सम्पन्न क्रियाकलाप, उपलब्धी, समस्या, चुनौतिहरु साझेदार संस्थाका प्रतिनिधिहरुले प्रस्तुत गर्नुभएको थियो । यस्तै सो बैठकमा सर्च फर कमन ग्राउण्डकै साझेदारी तथा गोगो फाउन्डेसन र एन सी इ को सहकार्यमा सञ्चालित हाम्रो शिक्षा कार्यक्रमको बारेमा समेत छलफल भएको थियो ।
बैठकमा जिल्ला समन्वय समिति, प्रहरी कार्यालय, जिल्ला शिक्षा कार्यालय, बार एसोसिएसन, गैर सरकारी संस्था महासंघ, सिरहा नगरपालिका प्रमुख, कोलिनीका प्रमुख लगायतको सहभागिता रहेको थियो ।