समुदायमा सुरक्षा सचेतनाका लागि कार्यदल गठन

img1

लहान, १२ बैशाख ।
समुदायमा अपराध न्युनिकरण तथा सुरक्षा सचेतना अभिवृद्धिका लागि सिरहाको भलुवाहीमा कार्यदल गठन भएको छ ।  
युकेएडको आर्थिक सहयोग तथा सर्च फर कमन ग्राउण्ड नेपालको साझेदारीमा दलित जन कल्याण युवा क्लव लहानले मंगलवार सिरहा नगरपालिका वडा नम्वर ११ भलुवाहीमा आयोजना गरेको समुदाय प्रहरी सम्वादमा सहभागी स्थानीय विपन्न तथा सीमान्तकृत समुदायका अगुवा र स्थानीय प्रहरीको संयुक्त सहभागितामा सात सदस्सीय कार्यदल गठन भएको हो ।
स्थानी विपन सीमान्तकृत समुदायका अगुवा र स्थानीय प्रहरी गरी २५ जनाको सहभागिता रहेको सो सम्वादपछि नथुनी कामतीलाई संयोजकमा चयन गरेका छन् । यस्तै कार्यदलको सदस्यहरुमा हजरा खातुन, कागती सदा, ज्ञान कुमार कामती र प्रहरीबाट धर्मदेव यादव, पंकज कटुवाल र प्रतिज्ञा चौधरी रहेको क्लवका कार्यक्रम संयोजक अशोक कामतीले जनाएका छन् ।
समुदाय र प्रहरी सम्वादले उनीहरु समुदायमा अपराध न्युनिकरण र सुरक्षा अवस्था सुदृढ गर्नका लागि उपायहरु समेत पत्ता लगाएका छन् । उनहिरुले समुदायमा सुरक्षा अवस्था सुदृढ बनाउनका लागि समुदायमा अन्तरक्रिया, सम्वाद लगायत जनचेतना मुलक कार्यक्रम गर्नुपर्ने औल्याएका छन् । सम्वादले समुदायको सुरक्षा र अपराध न्युनिकरणका लागि तय गरेका कार्यहरु गठन भएको कार्यदलले योजना बनाई गर्ने संयोजक कामतीले बताए ।
यस्तै गोलबजार नगरपालिका वडा नम्वर १३ दुर्गापुरमा सोमवार सम्पन्न समुदाय प्रहरी सम्वाद कार्यक्रमले पनि सो ठाउँमा सहिदा खातुनको संयोजकत्वमा १३ सदस्सीय कार्यदल गठन भएको छ । गठित सदस्यहरुमा स्थानीय राधा महतो, जानो देवी दास, मन्जु देवी सिंह, गंगा कुमार सिंह, ऐन कुमार सिंह, प्रमिला मलिक, सुनिता पासवान, मलनी चौधरी, रामकली साफी र इलाका प्रहरी कार्यालय गोलबजारको तर्फबाट निरंजन कार्की, संतोष कटुवाल, भरत बस्नेत छन् ।