भ्रष्टाचार विरोधमा सशक्त अभियान : सह–महामन्त्री साह

लहान । नेपाल विद्यार्थी संघका केन्द्रिय सह महामन्त्री परमेश्वर साहले सरकारी कार्यालयहरुमा बढ्दो भ्रष्टाचारले सर्वसाधारण मर्कामा परेकोले त्यसको विरोधमा सशक्त अभियान सञ्चालन गर्ने बताएका छन् ।
महामन्त्री साहले एक विज्ञप्ती जारी गरी सरकारी कार्यालयहरुमा भैरहेको भ्रष्टाचार र अनियमितताको विरोधमा अभियान सञ्चालान गर्ने जनाएका हुन् । विगतमा आफुले कार्यालयमा भैरहेको भ्रष्टाचार र अनियमितताले सर्वसाधारण सेवाग्राही मार्कामा पर्ने गरेकोले आफ्ना संगठन मार्फत सचेतना अभियान चलाएका कारण आफनो चरित्र हत्या गर्ने गरी केही सञ्चार माध्यममा आएको समाचार गलत रहेको दावी गरेको छ ।
केही दिन अघि लहानस्थित सगरमाथा अञ्चल यातायात कार्यालयमा तोडफोड गरेको भन्दै आफुलाई पक्राउ गरिएको भन्दै केही सञ्चार माध्यममा समाचार आएको थियो । यसैबीच नेपाल विद्यार्थी संघ र प्रेस युनियनले छुटाछुटै विज्ञप्ती जारी गरी सहमहामन्त्री साहको चरित्र हत्या गर्ने गरी समाचार प्रकाशन भएकोप्रति खेद प्रकट गरेका छन् ।