सिरहामा यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु

लहान, ६ बैशाख ।
पूर्वपश्चिम लोकमार्ग अन्तरगत सिरहाको गोलबजार सडक खण्डमा आज विहान यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्घटनामा परेका बसका चालक चितवनको नारायणघाट निवासी वर्ष ३५ का श्याम ढकाल रहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी सहायक निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार काठमाण्डौबाट काकडभिटाका लागि हिडेको ना ६ ख ४९७७ नम्वरको फिफा यात्रुबाहक बस आज विहान ४ बजे आफै अनियन्त्रित भई दर्घटना भएको हो । ३३ जना सवारको सो बस दुर्घटनामा समान्य घाइते ललितपुरको नखु १४ बस्ने ३० वर्षिय सुमेश देवकोटा  गोलबजारस्थित भूमिजा अस्पतालमा उपचारपछि घर फर्केको बताइएको छ ।