कांग्रेसले दुई नम्बर प्रदेशका नेताहरुसँग छलफल गर्दै

लहान, २ बैशाख ।
नेपाली कांग्रेसले आज प्रदेश नम्बर २ का सांसद, केन्द्रीय सदस्य र पार्टीका जिल्ला सभापतिसँग छलफल गर्दैछ । दुई नम्बर प्रदेशमा पार्टीले अपनाउनुपर्ने चुनावी रणनीति तथा प्रदेश स्तरीय भेलाको मिति तय गर्ने विषयमा निक्र्यौल निकाल्न छलफलको आयोजना गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजेका लागि बोलाइएको भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत नेता पनि सहभागी हुने नेता आनन्द प्रसाद ढंगानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार दूई नम्बर प्रदेशमा चुनावी वातावरण बनाउन तराई मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरुले संविधान संसोधनका लागि नेतृत्वलाई ध्यानाकर्षण गराउँदै आएका छन् । त्यस विषयमा समेत आजको भेलामा छलफल हुनेछ ।