आज जुडशितल हर्सोल्लास साथ मनाईदै

लहान, २ बैशाख ।

आज नयाँ वर्षको दोस्रो दिन जुडशितल । मिथिलाञ्चलमा आज जुड सितल पर्व हर्सोल्लास पुर्वक मनाईदै छ ।
आमाबुवा, मान्यजन तथा गुरुवर्ग तथा परिवारजनके जेष्ठ व्यक्तिद्धारा कनिष्टको  टाउकोमा पानी थापेर आर्शिवाद दिने गरिन्छ भने कनिष्टले जेष्ठ व्यक्तिको खुटामा पानि थापेर आर्शिवाद ग्रहण गर्ने जुडशितल पर्व मनाउने चलउन रहेको छ । आजको दिन बोटविरुवामा समेत पानी हाल्ने गरिन्छ । आजको दिन जेष्ठ नागरिकद्धारा टाउकोमा पानि थापेपछि वर्षभरी सितला प्रदान हुने जनविश्वास रहेको छ ।