सिरहा र नवलपरासीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु

लहान, २ बैशाख ।
सिरहा र नवलपरासीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  सिरहाको लहानमा शुक्रवार विहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने नवलपरासीमा आज विहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा  सिरहा मोवाही ३ बस्ने हरि नारायण साहको छोरा वर्ष २४ को जितेन्द्र प्रशाद साह र मोटरसाइकलको पछाडी सवार सोहि ठाउ बस्ने २८ वर्षीय शिव चौधरी छन् ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्गत लहान १ बजरंग पेट्रोल पम्प नजिक धरान बाट काठमाडौं हिडेको ना.५ ख ४२०५ नम्बरको स्काइप यात्रु वाहक बसले विपरित दिशावाट आइरहेको स.८ प. ३७६० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मोटरसाइकलमा सवार उनीहरु गम्भिर घाइते भएका थिए । गम्भिर घाइते उनीहरुको  लहानस्थित रामकुमार उमा प्रशाद स्मारक अस्पतालमा उपचारको क्रमामा मृत्यु भएको ईलाका प्रहरी कार्यलय लहानले जनाएको छ ।
ठक्कर दिने बस , मोटरसाइकल र बसका चालक मकवानपुर हेटौडा नगरपालिका १६ बस्ने २६ वर्षिय दिनेश कुमार सोमलाई ईलाका प्रहरी कार्यलय लहानले नियन्त्रणमा लिएको छ ।
यस्तै, नवलपरासीको दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बिनयीगाउँपालिका वडा नम्बर २ दाउन्ने स्थित पुर्ब पश्चिमराजमार्गमा आज बिहान १ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षका चन्दन महासेठ रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोकिन जादाँ गम्भिर घाईते भएका महासेठको उपचारको क्रममा मध्यबिन्दु अस्पतालमा बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।