नयाँ वर्ष सुरु, शुभकामना आदानप्रदान हुँदै

लहान, १ बैशाख ।
विक्रम संवत २०७३ लाई बिदाइ गर्दै आजदेखि नयाँ वर्ष २०७४ सुरु भएको छ । आपसमा शुभकामना आदानप्रदान, भेटघाट, खानपीन र रमाइलो गरेर नयाँ वर्षको स्वागत गरिंदैछ ।
विक्रम संवतलाई आधार मानी हरेक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विक्रम संवत हिन्दू पञ्चांगमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अंकनमा आधारित छ  ।
विसं अंग्रेजी पात्रोभन्दा झण्डै ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ ।  सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् । नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन  छ ।