सिरहामा एमालेको बैठकमा मोर्चाको अवरोध, एमालेद्धारा प्रतिकार जुलुस प्रदर्शन

img1

सिरहा, १ बैशाख । नेकपा एमाले सिरहाले हिजो सिरहाको सदरमुकाम सिरहामा प्रतिकार जुलुस निकालेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको कार्यक्रम विथोल्न खोजेको भन्दै प्रतिकार जुलुस निकालेको हो । जिल्ला समन्वय समितिको सभाहलमा नेकपा एमालेका सिरहा क्षेत्र नम्वर ३ स्थितका नगरपालिका र गाउ पालिकाका एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुको भइरहेको बैठकमा मोर्चाले अवरोध गरेको भन्दै प्रतिकार जुलुश निकालेका  हुन् ।  
संविधान संशोधनको लागि दर्ता भएको अर्को संशोधन प्रस्तावको विरोधमा मोर्चाले हिजो  तराई मधेसका जिल्ला सदरमुकाममा जुलुस प्रर्दशनगर्ने विरोधकाकार्यक्रम सार्वजनिक गरेकाथिए । सोही विरोध जुलुस प्रर्दशनगर्दै मोर्चाका नेताकार्यकर्ताले एमाले आयोजना गरेको सो बैठक स्थलमा पुगेर कार्यक्रम विथोल्न प्रयास गरेका थिए ।
त्यसवीचमा दुवैपक्षवीच ढुङ्गामुढा समेत भएको थियो । मोर्चाले लोकतन्त्रमा कार्यक्रम गर्न नदिने अलोकतान्त्रिक चरित्र अपनाएको भन्दै एमाले अध्यक्षप्रमोद यादवको अगुवाईमा प्रतिकार जुलुस प्रर्दशन गरेको छ । जिल्ला समन्वय समितिको कार्यालयबाट सुरु भएको प्रतिकार जुलुस जिल्लाप्रहरी कार्यालय हुँदै हेमनारायण चौकमा आएर कोण सभामा परिणत भएको थियो । कोणसभामा एमाले अध्यक्षयादवले गैर लोकतान्त्रिक विधि नअपनाउन र निषेधको राजनीतिक नगर्न मोर्चालाई आग्रह गरेको छ । यस्ता कार्य नरोकिए एमाले चुपलागेर नबस्ने चेतावनी समेत दिएका छन् ।