सिरहामा एक जना अवैध सुन सहित पक्राउ

सिरहा, १ बैशाख । सिरहा सदरमुकाम सिरहा बाट एक जना लाई बिहिबार अवैध सुन सहित प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. ७ बस्ने राम प्रताप गुप्ताको छोरा ४० वर्षीय बैजनाथ गुप्ता छन् । गुप्ता नेपालबाट भारत तर्फ पैदल गई रहेको अबस्थामा प्रहरी गस्ती टोलीले रोकी शरीर तलासी लिदा गुप्ताले आफ्नो साथमा लुकाई छिपाई बोकी गैरहेको दुई थान सुनको वाला (रिङ) फेला परेका छन् ।
बरामद गरिएको सुनको रिङ तौल गर्दा एक सय ११ ग्राम रहेको जसको मुल्य ५ लाख ३३ हजार ८ सय ७३ रुपैया बराबर मुल्याकण गरी आवश्यक कार्वाहीको लागी पक्राउ परेका गुप्तालाई सुन समेत जिल्ला भन्सार कार्यालय खैरटोक्का माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।