बाल अधिकार सम्बन्धी तालिम

लहान, २९ चैत्र ।
सिहराको लहान नगरपालिका वडा नम्वर १३ वस्तीपुरमा दुई दिने बाल अधिकार सम्बन्धी तालिम मंगलवार सम्पन्न भएको छ ।
लहान नगरपालिकाको बालबालिका लक्षित बजेट अन्तरगत लहान नगरपालिकाको कार्यालयको सहयोगमा वडा स्तरीय बाल अधिकार संरक्षण समितिद्धारा आयोजना गरिएको तालिममा सो वडाका ६५ जना बालबालिकाको सहभागिता रहेको सामाजिक परिचालिका सविता कुमारी यादवले जानकारी दिनुभयो ।
बालबालिकालाई बालअधिकार सम्बन्धी जानकारी गराउने उदेश्यले सञ्चालन गरिएको सो तालिममा समग्र जन उत्थान केन्द्रका कार्यक्रम व्यवस्थापक रामभरोसी महतो र कार्यक्रम संयोजक चन्दनकुमार लाल कर्णले सहजीकरण गरेको सामाजिक परिचालिका यादवले जानकारी दिए । तालिमको उदघाटन लहान नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख भानुराज शर्माले गरेका थिए ।
तालिममा सहभागी बालबालिकालाई समुहमा दश वटा क्यारमबोर्ड र दश वटा फुटवल प्रदान गरेका छन् भने तालिममा सहभागी सबै बालबालिकालाई ब्याग समेत प्रदान गरेको बताइएको छ ।